तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ तित्रेटारमा रहेका माझी समुदायलाई साँस्कृतिक सामाग्रीहरु वितरण गरेको छ । आज वडा अध्यक्ष चन्द्रबहादुर लामाले एक कार्यक्रमकाबीच सो सामाग्री वितरण गरेका हुन् ।

तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाबाट स्वीकृत योजना माझी समुदायको सँस्कार संस्कृतिक संरक्षण तथा प्रबद्र्धन कार्यक्रम अनुसार सो सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वितरण कार्यक्रममा माओवादी केन्द्रका तेमाल गाउँपालिका कमिटी सदस्य नवराज दोङ, टेकबहादुर थोकर, वडा कमिटी अध्यक्ष जगतलाल तामाङ, उपाध्यक्ष महेशकुमार तामाङ, जननिर्वाचित वडा सदस्य श्याम तामाङ लगायतका अतिथिहरुको सहभागी थियो ।

कार्यक्रममा स्थानीय माझी समुदायले बाजागाजाका साथ स्वागत गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।