तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा एक हप्ते सावुन बनाउने तालिम शुरु भएको छ । सोमबार देखि सञ्चालन भएको सो तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले गरेका थिए ।
तेमाल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिममा वडा नम्बर १ देखि ९ सम्मका महिलाहरुका सहभागी रहेको छ । करिब ३० जना महिलाहरुको सहभागी रहेको सो तालिम जेष्ठ ६ गतेसम्म सञ्चालन हुने छ ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले महिलाहरुलाई आर्थिक शसक्तिकरण गर्नका लागि शिपको आवश्यकता भएकोले तालिमको आयोजना गरिएको बताएका छन् । लैंगिक समनताको लागि महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिंदै उनले महिलाहरु शिपयुक्त भए आर्थिक उपर्जनमामा समस्या नआउने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















