महाभारत– केही सञ्चार माध्यमहरुमा ल्यापटप खरिद र वितरण प्रक्रियामा अनियमितता भएको समाचार संप्रेशषण भएपछि काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको शिक्षा शाखाले स्पष्टीकरण दिएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयहरुका लागि ल्यापटप खरिद तथा वितरण सम्बन्धी प्रचार भ्रामक र कपोलकल्पित भएको र सो  समाचारप्रति आपत्ती समेत जनाएका छन् ।

बिहिबार प्रेस विज्ञप्ती शिक्षा शाखाद्वार जारी विज्ञप्तिमा मिति २०८१ जेष्ठ १ गतेका दिन केहि मिडिया तथा संचार माध्यम र सामाजिक संजालबाट प्रकाशन भएको ल्यापटप खरिद तथा वितरण सम्बन्धी समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ल्यापटप खरिद सम्बन्धि सम्पुर्ण काम विद्यालयहरुले विव्यसको निर्णय बमोजिम नै गरेको जनाएको छ ।

विज्ञप्तीमा कोभिड १९ को समयमा जी पी इ को रकम संघीय सरकारबाट पालिकामा अनुदान आएको र सम्पुर्ण मा.वि. र आवि विद्यालयहरुलाई रु एक लाख र अन्य प्राथमिक विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा रु. १ लाख देखि चालिस हजारसम्म निकासा दिइएको कुरा साँचो भएको जनाइएको छ । उक्त रकमबाट विद्यालयहरुले आफ्नो आवश्यकताका आधारमा विव्यसको निर्णय गरी सामानहरु खरिद गर्ने कार्य गरेका विज्ञप्तीमा उल्लेख छ ।

शिक्षा शाखा ल्यापटप खरिदसँग कहि कतै संलग्न नरहेको उक्त कम्पनीसँग कुनै पनि सम्झौता नगरेको र उल्लेखित कम्पनी आफ्नो कुनै पनि सम्बन्ध नरहेको र विल सम्बन्धित विद्यालयको नाममा बनेको र विद्यालयले उल्लेखित कम्पनीको नाममा नै चेक काटी रकम भूक्तानी विद्यालय आफैले गरेकोले पालिकाको शिक्षा शाखाले रकम असुली गरेको भन्ने कुरा निराधार र झुटो रहेको विज्ञप्तीमा उल्लेख छ ।

शिक्षा शाखाबाट ल्यापटप खरिद गर्न एक कम्पनिसँग मात्र सम्झौता गरिसकेको र शाखाबाटै ल्यापटप लिनुपर्छ भनि कुनै पनि किसिमको आदेश विद्यालयलाई नगरेको र उक्त विषयमा विद्यालयलाई धम्की दिएको भन्ने कुरा कपोलकल्पित मात्र रहेको जनाइएको छ ।

यस्तो छ विज्ञप्तिः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।