धुलिखेल- काभ्रे जिल्ला भरि पोलियो विरुद्ध राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुने भएको छ । पाेलियाे विरुद्धकाे खाेप आगामी जेठ १३ देखि २६ गतेसम्म संचालन गरिने जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
धुलिखेलमा एक कार्यक्रम गरी खोप कार्यक्रम, त्यसको पुर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिमुखिकरण लगायतका कार्यक्रमका बारेमा जनस्वास्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ । साे कार्यक्रममा खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको समेत जानकारी गराएकाे छ । जिल्ला भरिमा ५ सय ११ वटा खोप केन्द्र मार्फत साे अभियान सञ्चालन हुने जनाएकाे ५ ।
त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखिकरण गराउने कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जनस्वास्थ्य कार्यालय प्रमुख रागि श्री कक्षपती श्रेष्ठ, खोप अधिकृत पार्थमणी न्यौपाने, डब्लुएचओका प्रतिनिधी लगायतकाे सहभागी थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















