खानीखाेला– काभ्रे जिल्लाकाे खनीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) सामाजिव सुरक्षाा भत्ता, बृद्ध–बृद्धाहरुकाे लागि छाता र लौरो वितरण गर्न वडा–वडामै पुगेका छन् ।  गरेका छन् । गाउँपालिका अध्यक्षा थिङकाे नेतृत्वमा बैशाख २७ देखि जेठ ०८ गतेसम्म साे अभियान सञ्चालन भएको थियाे ।

सामाजिक सुरक्षा भत्ता, लाैरो र छाता घर–घरमै पाएपछि स्थानीय खुशी भएका थिए । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता भाैगालिक रुपमा विकट क्षेत्र भएकोले वडा–वडामा पुगेर वितरण सुरु गरिएको अध्यक्ष थिङले जानकारी दिए ।

७ वटा वडा रहेकाे साे गाउँपालिकामा वडा नम्बर ४ बाट विरतण शुरु गरिएको थियाे । यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष थिङले बताए । गाउँपालिकाको केन्द्र तालढुङ्गामा एस बि आई बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको थिङले बताए ।

११ सय भन्दा बढीलाई भत्ता र ७ सयलाई लाैराे र छाता वितरण

अभियानमा गाउँपालिका भरिका१ हजार १ सय ०७ जनालाई सामाजिक सुरक्षा भत्ता र ७ सय १३ जना लाभग्राहीलाई छाता लौरो वितरण गरिएको अध्यक्ष थिङले बताए । उनका अनुसार वडा नं १ मा १ सय ७० जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय ०३ जनालाई छाता र लौरो त्यस्तै वडा नं २ मा १ सय ३५ जनालाई सामाजिक सुरक्षा भत्ता र ७५ जनालाई छाता र लौरो, वडा नंं ३ मा १ सय १६ जनालाई सामाजिक सुरक्षा भत्ता र ७० जनालाई छाता र लौरो, वडा नं ४ मा १ सय ०३ जनालाई सामाजिक सुरक्षा भत्ता ६८ जनालाई छाता र लौरो वडा नं५ मा १ सय ५८ जनालाई सामाजिक सुरक्षा भत्ता र ९१ जनालाई छाता र लौरो, वडा न ६ मा १ सय ८८ जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय २१ जनादालाई छाता र लौरो र वडा नं ७ मा २ सय ३७ जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय ८५ जना लाभग्राहीलाई छाता लौरो वितरण गरेको छ ।

निर्वाचित भए पश्चात जनताको हरेक समस्याको उपचारमा लागेको र आफ्नो कार्यकाल जनताकै सेवामा विताउने बताउँदै उनले सातै वडाका जनताको घरधैलोमा पुगेर आफुलाई दिएको मतको कदर गर्दै अघि बढ्ने उनले बताए । यो भन्दा पहिला सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्दै आएकोमा आफू निर्वाचित भएपछि लगातार प्रयासले याे अभियान सञ्चालन गरेकाे उनको भनाइ छ ।

अभियानमा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, वडा अध्यक्षहरु क्रमशः वडा नं १ का सन्त मान थिङ, २ का दसरथ थिङ, ३ का  सागर लामा, ४ का निशान मोक्तान, ५ का बुद्धि बहादुर स्याङ्तान, ६ का बृहस्पति घिसिङ र ७ का राम बहादुर मुक्तान, पन्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, वडाका वडा सचिवहरु प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल, मित्र भण्डारी, खकेन्द्र थापा, कुल बहादुर गुरुङ, चण्डीका थापा, एस बि आइ बैंकका शाखा प्रमुख विनाय अधिकारी लगायतकाे सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।