बनेपा– काभ्रे जिल्लाका पनाैती नगरपालिका वडा नं ५ बाँसघारीबाट माेटरसाइकल चाेरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुलाई बुधवार पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ बस्ने बर्ष १९ को पनिस भुजेल र साेही ठाउँमा बस्ने बस्ने बर्ष २० को रुबिन भुजेल रहेको छन् । उनीहरुकाे साथबाट बा.६५ प ३१८ नम्बरको १५० सि.सि.को पल्सर मो.सा. र -बा.७४ प ५६६ नम्बरको २२० सि.सि.को पल्सर मो.सा. बरामत गरेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ ७ गतेका दिन राती ११ बजेकाे समयमा जिल्ला काभ्रेपलाञ्चोक पनौतीनगरपालिका वडा नं.४ सल्ले स्थितबाट कुमार तामाङको नाममा रहेको बा.६५ प ३१८ नम्बरको १५० सि.सि.को पल्सर मो.सा. र सुजन भुजेलको नाममा रहेको बा.७४ प ५६६ नम्बरको २२० सि.सि.को पल्सर मो.सा. हराएको प्रहरीमा उजुरी परेकाे थियाे । प्रहरीका अनुसार चोरी भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी चौकी पनौती काभ्रेबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त स्थानमा रहेको सि.सि.क्यामेराको अध्यन विश्लेषण गरी चोरीमा संलग्नको पहिचान गरी उनीहरुलाई पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेलद्वयलाई बुधबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्यादथप अनुमती भई थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















