बनेपा– काभ्रे जिल्लाकाे पनाैती नगरपालिका वडा न‌ं ५ नर्सरी चाेकमा पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेका माेटर साइकल चालक प्रहरीले पक्राउ गरेकाे छ ।  इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ८ खरिबोट बस्ने वर्ष ३५ को दिपेन्द्र बन्जारा रहेका छन् ।

मंगलबार साँझ ७ बजेको समयमा पनौती न.पा.५ नर्सरी चोकमा बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८३ प. ५३६२ मो.सा.ले पैदल यात्री जिल्ला सिन्धुली सुनकोशी न.पा. वडा नं. ६ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ५ खड्पु बस्ने अ. वर्ष १९ को सन्तोष रानामगरलाई ठक्कर दिई बञ्जारा फरार रहेका थिए । दुर्घट्ना पछि प्रहरी टोलिले निज घाईतेलाई उपचारको लागि शिरमेमोरियर अस्पताल बनेपा पठाई उपचार भई रहेकोमा थप उपचारको लागि राती ९ बजेको समयमा नर्भिक अस्पताल काठमाण्डौ रिफर भएकोमा उपचारको क्रममा निज घाईतेको मृत्यु भएको थियाे ।

उनकाे साथमा रहेको बा.८३ प. ५३६२ मो.सा. पनि प्रहरीले बरामत गरेकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।