बनेपा– काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशनको मत गणना सम्पन्न भएको छ । शनिवार सम्पन्न मतदानबाट अध्यक्ष पदमा प्रताप वैद्य निर्वाचित भएको छ ।

वैद्यले ४ सय ८७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजन मानन्धरले ४ सय ५७ मत पाएका छन् । अर्का अध्यक्ष पदका उम्मेदवार बसन्त नारायण भोछिभोयाले १ सय १७ मत प्राप्त गरेको छ ।

यसैबीच वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार निर्वाचित भएका छन् उनले ६ सय ४३ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी ग्रुबने तौजलेले ४ सय २ मत प्राप्त गरेका छन् ।

यसैबीच २ जना उपाध्यक्षहरुमा सुरेस भक्त भोछिभोयाले ५ सय १२ र उमेश रत्न शाक्यले ४ सय ५३ मत ल्याई बिजयी भएका छन् । उनीहरुको प्रतिद्वन्द्वीहरु विकास शर्मा तिमल्सिनाले ४ सय ३६ मत र राजेन्द्र जोशीले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यसैबीच महासचिवमा रंजित पलाञ्चोकेले ५ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिस्पर्धी यसकुमार रञ्जितले ४ सय ६५ मत प्राप्त गरेको छ ।

संघको कोषाध्यक्षमा मानकाजी प्रधान (५ सय २४ मत), पाएका छन् । त्यसैगरी मुख्य संयोजकमा विज्ञान धौगोडा (५ सय ६३ मत), सचिवमा कृष्णलाल श्रेष्ठ (५ सय ७८ मत), सह–सचिवमा रामकुमार श्रेष्ठ (५ सय ९४ मत), सह–कोषाध्यक्षमा श्याम कुमार भालु (मुनाल) (५ सय ४९ मत) निर्वाचित भएका छन् ।

सदस्यहरमा हरिसचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, रोशन खुप्पा श्रेष्ठ, राजन बहादुर ढकाल, रहदेव पोटे, सुजन मानन्धर, रजेन्द्र पसछे, नरेश राज कायस्ठ, गौतम मानन्धर, सुमन चौप्रधान निर्वाचित भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।