तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं २ मा रड प्रहार गरेर एक महिलाकाे हत्या गरेको छ ।

आज दिउँसाे करिब ४ बजेकाे समयमा लामागाउँ स्थित काफलबाेट निवासी वर्ष ५८ की साईली तामाङ माथि रड प्रहार गरी हत्या गरेको वडा अध्यक्ष देवराज तामाङले जानकारी दिएको छ ।

स्थानीय ५६ वर्षिय मानध्वज तामाङले साईली माथि रड प्रहार गरी हत्या गरिएको थियाे । मानध्वजलाई हत्याकाे आराेपमा प्रहरीले पक्राउ गरेको वडा अध्यक्ष तामाङले जानकारी दिएका छन् । यस सम्बन्धि थप जानकारी आउन बाँकी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।