खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग (तालढुंगा–सिक्रेदोभान खण्ड) एकै साथ शिलान्यास गरेको छ । शुक्रबार (आज)वागमती प्रदेशका मुख्यमनत्री शालिकराम जमकट्टेलले एक समारोहका बीच एकै साथ शिलान्यास गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले काभ्रेको विकट क्षेत्रको रुपमा रहेको खानीखोला र महाभारत अब सबैभन्दा सुगम हुने बताए । प्रदेश राजधानीबाट नजीक रहेता पनि सडक राम्रो नभएपछि विकट जस्तो लागे पनि अब सुगमताको शुरुवात भएको बताउँदै जनमुक्ति मार्ग राणनीतिक महत्वको योजना रहेको बताए ।

पूर्वाधार विकास कार्यालय, धुलिखेल र खानीखोला गाउँपालिकाको आयोजनाम भएको सो कार्यक्रम गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), प्रदेश सभा सदस्य तथा वागमती प्रदेशको पूर्व मन्त्री तिर्थ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङ, गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतका सहभागी थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला