चाैंरीउदेउराली- काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको आयाेजनामा ‘दलित समुदायका लागि सशक्तिकरण’ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पालिका भरिका दलित समुदायहरुकाे सहभागीतामा साे कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथीको रुपमा रहेका संविधान सभा सदस्य तथा माओवादी केन्द्रका काभ्रे जिल्ला ईन्चार्ज तेजबहादुर मिजारले छुवाछुत अझै कामयमै रहेकोले राज्यले सुनियोजित ढंगबाट दलित समुदाय माथि दमन गरेको बताए । उनले दलित मुक्ति समाजवादमा मात्र हुने भएकोले समाजवादी क्रान्तिकाे तयारीमा लाग्नुपर्नेमा जाेड दिए ।
यसै गरि कार्यक्रमका विशेष अतिथी दिपक कुमार गौमतले सोचमा ब्यापक परिवर्तन गर्न जरुरी रहेको बताउँदै समाजमा जकडिएर बसेको विभेदलाई हटाउन समाजका सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
पालिकाका अध्यक्ष चौलागाईले आफु निर्वाचित भएर आएपछि अहिलेसम्म जातिय विभेदका घटना आफ्नो गाउँपालिकामा नभएको दाबी गर्दै माओवादी जनयुद्धकै कारण राज्यद्वारा दलित समुदायको हक अधिकार प्राप्त गर्न सफल भएको बताए ।
कार्यक्रममा माओवादी केन्द्र काभ्रेका सचिव देवलाल घिसिङ (अनुशिल), मानव अधिकार कर्मी मुस्कान खातुन, वडा नम्बर ८ का वडाध्याक्ष धन बहादुर तामाङ, नेपाल दलित संघ काभ्रेका अध्यक्ष उष्पर सुनुवार लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा अनुसन्धान कर्ता डा. बुद्धि नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए भने गाउँपालिकाका कर्मचारी उर्मिला परियार स्वागत मन्तब्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।