धुलिखेल- जिल्ला प्रहरी कार्यालय काभ्रेले छुट्टाछुट्टै हत्याको घटनामा संलग्न दुई जना अभियुक्तलाई बुधबार सार्वजनिक गरिएको छ। केही हप्ताअघि तेमाल र महाभारत गाउँपालिकामा भएका रहस्यमय दुई घटनाको अनुसन्धान गर्दै हत्यामा संग्लनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महाभारत गाउँपालिका-४ तिनखुट्टेमा यही जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्की र जेठ २४ गते तेमाल गाँउपालिका-२ को काफलडाँडास्थित चुखाबाट तिनपिप्ले जाने कच्ची सडक खण्डको छेउमा बस्दै आएकी ५७ वर्षीया साहिली तामाङको हत्या अभियोगमा सोही स्थानका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरी अनुसार एकेन्द्रले जेठ ७ गते राति मानबहादुर बल र निजको श्रीमती केकै माया तामाङनीलाई फलामको रड र फलामको घन प्रयोग गरी हत्या गरेका थिए। हत्यालगत्तै उनले मोबाइल, मृतक केकै माया र मानबहादुरले लगाएका सुनका गरगहना, मृतकको पसलमा रहेको रिचार्ज कार्डहरू र नगदसमेत लुटेर लगेका थिए। प्रहरीका अनुसार एकेन्द्र सडक निर्माणमा मजदुरी गर्न महाभारतको वडा नं. ४ पुगेका थिए।

त्यस्तै जेठ २४ गते साहिली तामाङलाई फलामको रडले शरीरको विभिन्न भागमा हानेर विभत्स हत्या गरिएको थियो।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला