बनेपा– काभ्रे मुद्रण उद्योग संघको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले दिपक राउतलाई अध्यक्षमा निर्वाचित गरेकाे छ ।  शनिबार सम्पन्न अधिवेशनले राउत को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।

अधिवेशनले समितिका उपाध्यक्षमा प्रेमबहादुर थापा (राजन), सचिव जयराम बञ्जारा, कोषाध्यक्ष सर्वश्री अधिकारी, सदस्यहरुमा बुद्धलक्ष्मी मानन्धर, नवराज अधिकारी र सन्तोष न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण संघमा भएगरेका अप्ठ्याराहरुलाई पन्छाएर अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्दै संघ संगठन व्यवस्थित हुँदै गएमा समस्याहरु समाधान हुँदै जाने बताए ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, पत्रकार महासंघका सल्लाहकार नवराज बजगाईं, काभ्रे मुद्रण संघका संस्थापक अध्यक्ष कौशलराज खड्का लगायतले मन्तव्य राखेका थिए ।

छापाखाना क्षेत्रमा लामो समयदेखि कार्य गर्नुहुने २ जना जेष्ठ सदस्य बाबुकाजी गिरी र गोविन्द खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व मुद्रण संघका अध्यक्ष जगनाथ खड्काको रहेको थियो भने कोषाध्यक्ष जयराम बञ्जाराले वार्षिक आयव्यय, वार्षिक प्रगति प्रतिवेदन सचिव राजन थापाले प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।