खानीखाेला– काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिकामा अध्यक्षा इन्द्रबहादुर थिङ छिन्ताङले एकै दिन दुई वटा कार्यक्रमकाे उद्घाटन गरेका छन् । आइतबार पालिका अध्यक्ष थिङले गृहणी महिला सीप मुलक तालिम र नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम उद्घाटन गरेका हुन् ।
वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तर्गत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिका र राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज नेपालको आयोजनामा खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय २ देखि ५ गते सम्म ४ दिनको नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम शुरु भएकाे छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थिङले बेरोजगारीहरुको तथ्याक संकलन गरि स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार महिलाहरुलाई सीप मुलुक तालीमकाे आयाेजना गरिएको र युवाहरूलाई बिदेश जानबाट रोक्ने उदेश्यले नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम संन्चालन गरेका बताए ।
राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज नेपालको आयोजना खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय ४ दिनको नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा ३५ जना सहभागी रहेको छ । वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालीममा वडा न: ४ मा अचार बनाउने २५ जना महिला सहभागी वडा न: ५ र ६ गरि ५० जना सहभागी रहेको छ ।
कार्यक्रममा सामाजिक बिकास संयोजक वडा न: ४ अध्यक्ष निशान मोक्तान, पुर्वधार बिकास संयोजक वडा न: ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी महिला नेतृ मिना पाख्रीन, मनिता थिङ, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल ,खेलकुद शाखा संयोजक प्रेम प्रकाश लामा, शिक्षा सहजकर्ता होम बहादुर वाइवा , खेलकुद सदस्य रुपेश लोप्चन , टिका थिङ कार्यक्रमका सभापति जागरण नेपाल अध्यक्ष लक्ष्मी पाखृन, अग्रसर समाज नेपालका अध्यक्ष निर्मला गौतम कार्यक्रम संन्चालन शिक्षा शाखा प्रमुख चक्र बहादुर थापा र सृजना थिङ्ले गरेका थिए ।
।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























