बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका कुनै पनि विद्यालयकोबारेमा जान्न अब सजिलो हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक योजना अनुसार सबै विद्यालयको आ–आफ्नै वेबसाइट निर्माण भएपछि विद्यालयको सबैप्रकारको जानकारी लिन अब सजिलो भएको हो ।

विद्यलयहरुको सबै प्रकारको सूचनाहरु प्रवाह गरेर अभिभावक र सरोकारवालाहरुलाई विद्यालयकोबारेमा सहज ढंगले जानकारी दिनका लागि वेबसाइट निर्माण गरिएको शिक्षा शाखा प्रमुख पुष्पा राईले बताइन् । सामाजिक सञ्जालमा प्रवाह गरेको सूचनालाई आधिकारीक मान्न नसकिने भएकोले वेवसाइट निर्माण गरेको प्रमुख राइले बताइन् ।

वेवसाइटमा विद्यालयको सबै प्रकारको विवरण राख्ने गरेको उनको भनाइ छ । ‘वेवसाइटमा विब्यसको बिबरण, शिक्षक विवरण, विद्यार्थी विवरण, बिद्यालयको ऐतिहासिक पक्षहरु राखिएको छ ।’ उनले भनन्,ि ‘विद्यालयले गर्दै आएको हरेक दिनको कार्यक्रमहरु राखिएको छ । विभिन्न कृयाकलाफरु समाबेश गरिएको छ ।

सबै विद्यालयहरुलाई ल्यापटप र तालिम

वेवसाइट निर्माण हुनु अघि बेथानचोक गाउँपालिकाका सबै विद्यालयहरुलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप वितरण गरेपछि तालिमको समेत आयोजना गरी वेवसाइट सञ्चालनमा ल्याएको शिक्षा शाखा प्रमुख राईले बताइन् ।

‘हामीले सबै बिद्यालयलाई ल्यापटप दिएका छौ । वेबसाईट निर्माण सँगै सबै बिद्यालयलाई वेबसाईट चलाउन तालिम समेत दिएको छ ।’ राईले भनिन्, ‘वेबसाइट चलाउन शिक्षकहरुले निक्कै सक्रियता देखाएको छ । ८० प्रतिशत शिक्षकहरुले चाँडै जाने । तर २० प्रतिशतले भने अलि मिहिनेत गर्नुपर्ने भो । वेवसाइट चलाउन सबैलाई आउँछ ।’ काभ्रे जिल्लाका कुनै पनि स्थानीय तहमा विद्यालयकाे वेबसाइट निर्माण भएकाे छैन ।

बेथानचाेक गाउँपालिकाले विद्यालयहरुकाे आफ्नै वेबसाइट निर्माण र सञ्चालन गरेर जिल्लामै नमुना कार्य गरेकाे छ ।

बेथानचोक गाउँपालिकामा ३२ वटा विद्यालय रहेको छ । जसमा मावि तह १० वटा, आधारभूत निमावि तहको ३ वटा र आधारभूत प्रावि तह १७ वटा सञ्चालनमा रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।