रामेछाप– रामेछाप डाँडास्थित कार्यालयमा दिउसै रक्सी खाएर वितण्डा मच्चाउने हाकिमलाइ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल दिउँसै कार्यालयमा जाँड खाएर अश्लिल शब्द प्रयोग गरेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

मादक पदार्थले झ्याप भएको भेटिएपछि रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष तामाङले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप कुमार सिंहले मादक पदार्थ सेवन गरी अपशब्द बोल्ने गरेको अवस्थामा स्थानीयले दिएको सूचनाको आधारमा दाहाललाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।