नमाेबुद्ध- काभ्रे जिल्लाकाे नमाेबुद्ध नगरपालिका वडा नं ७,  भकुण्डे स्थित बीपी राजमार्गमा बोलेरो गाडीको ठक्करबाट एक बृद्धकाे मृत्यु भएकाे छ । हिजो राति ९ बजेर ४५ मिनेटको समयमा  भकुण्डे स्थित बुद्ध चोकमा भकुण्डेबाट कटुन्जे तर्फ जाँदै गरेको बा १ च २४९६ नम्बरको बोलेरो गाडीले बृद्धलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा स्थानीय ८४ वर्षीय शेरब लामा रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

बोलेरोको ठक्कर पछि लामा गम्भीर घाईते भएका थिए । घाईते लामालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइकोमा  चिकित्सकले उनलाई राती ११ बजे मृत घोषणा गरेका थिए । प्रहरीले ठक्कर दिने बोलेरोका चालक र बोलेरोलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।