तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । तेमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय स्तरी वक्तृत्वकला प्रतियोगिता र आधारभूत तह विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र कार्यक्रमको सभापतित्व गाउँपालिका उपाध्यक्ष दलमान थोकरको सभापतित्वमा सम्पन्न ।
प्रतियोगितामा चित्रकला जनचेतना माविकी यशोदा राना मगर प्रथम, जनज्योति माविकी शुभेच्छा लामा दोस्रो, मैनाजाङ आधारभूत विद्यालयका अष्टमान तामाङ तेस्रो र तेमाल माविका भक्तजीत तामाङ सन्त्वना हुन सफल भएका थिए ।
त्यसैगरी वक्तृत्वकला तर्फ पञ्चकन्य माविका रोशनी नेपाली प्रथम, सेतीदेवी माविका शिशिर सिटौला दोस्रो, तेमाल माविका सुवास तामाङ तेस्रो र भुमे माविका रिकश त्रिपाठी सान्त्वना हुन सफल भएको थियो ।
विजेताहरुलाई पालिका अध्यक्ष लामाले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए । कार्य क्रममा ५ वडाका वडा अध्यक्ष हजार सिं लामा, शिक्षा शाखा प्रमुख कृष्ण घिमिरे लगायतका सहभागी थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























