हेटौँडा– बागमती प्रदेश सरकारले ल्याएको आगामी आव ०८१/८२ को बजेट पुनःलेखनको माग गर्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका छन्।

बिहीवार प्रदेश बैठकमा बजेट पुनःलेखनको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन्।

प्रदेश सरकारको आगामी आवको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्।

संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका हुन्।

उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन्। प्रतिपक्षी दलका सांसदहरूको विरोधपश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।