धुलिखेल– वैदेशिक रोजगारकाे लागि पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले प्रहरीले काभ्रेको रोशी गाउँपालिका–३ की ३४ वर्षीया गोमा रानी थोकरलाई पक्राउ गरेकाे छ ।काठमाडौं महानगरपालिका–१६ बौद्ध नयाँबस्ती बस्दै आएका थाेकरलाई आज पक्राउ गरेकाे हाे ।
उनी आकर्षक तलवको प्रलोभन देखाई दुई जना पिडितहरुबाट १० लाख ३६ हजार रुपैंया लिएर सम्पर्क विहिन भएकी थिइन् । प्रहरीकोमा उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























