बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ३ मा मृगौला र कलेजो रोग, अंगादान र प्रत्यारोपण बिषयमा सचेतनामुलक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ काठमाडौ पिस आई काठमाडौ र लायन्स क्लव अफ बेथानचोकको साझेदारीमा सो अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष तारा रानाले कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताए । मृगौला र कलेजोको रोगकोबारेमा जानकारी नहुँदा धेरै मान्छेको अकालमा ज्यान गएको बताउँदै उपाध्यक्ष रानाले जनसमुदायमा सचेतना जगाउने काम भए यस्ता खालको रोगहरुको न्यूनिकरण हुने बताए ।

लायन्स क्लव अफ बेथानचोकका अध्यक्ष हुद्दराज तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रम लियो क्लव अफ काठमाडौ पिस आई काठमाडौका अध्यक्ष एशोश्री बस्नेतको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा मृगौला र कलेजो जोगाउन अपनाउनु पर्ने उपायको बारेमा सहजीकरण गरेको थियो ।

कार्यक्रममा शहीद धर्मभत्त अस्पतालका विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठ, वडा अध्यक्ष कुवेर ढकाल, स्वास्थ्य इकाई प्रमुख उद्धव दाहाल लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।