दोलखा– दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाले तेस्राे सन्तान जन्माउँदा देखि १० हजार रुपियाँ नगद दिने भएकाे छ । पालिकाकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा सन्तान बृद्धिको कार्यक्रम अन्तर्गत प्राेत्साहन दिन लागेकाे हाे ।
नगरपालिकाकाे पाँचौं नगरसभामा उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामि आर्थिक वर्षदेखि ‘तेस्रोदेखिको सन्तान, भीमेश्वरको वरदान’ उज्यालो भविष्य कार्यक्रम बताए । भीमेश्वर नगरपालिकाले गाउँ वस्तीहरु पातलिँदै गएको भन्दै ल्याएकाे सन्तान बृद्धिको कार्यक्रम लागु भएपछि भीमेश्वर नगरपालिकाका बासिन्दाले तेस्रो सन्तान जन्माउँदा देखि १० हजार रुपैयाँका दरले बैँक खाता प्राप्त गर्ने छन् ।
जन्मदर घट्दै गएका कारण भर्ना दर घटेर सामुदायिक विधालयहरुमा विधार्थी अभाव भएको तथा गाउँ वस्तीमा समेत मानिसको संख्या पातलो हुँदै गएका कारण यस्तो कार्यक्रम ल्याउन लागिएको उप प्रमुख बस्नेतले बताए । नीति तथा कार्यक्रममा बस्ती जोगाउन तथा मानव संख्या बढाउन जनसंख्या बढाउनुको विकल्प नभएको उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























