–दुध लोप्चन
दक्षिण कोरिया । प्रदेश ३ बाट विभिन्न कामको शिलसिलामा दक्षिण कोरियामा पुगेका नेपालीहरुका छाता संगठन प्रदेश ३ एकता समाज दक्षिण कोरियाले आउदो जुन १७ मा बिशेष भेटघाट तथा प्रमाणपत्र बितरण कार्यक्रम गर्ने भएको छ ।
नवगठित कार्यसमितिको पहिलो बैठकले थप सदस्यता तथा सल्लाहकार नियुक्ति पश्चात् सुझाव संकलन र प्रमाण पत्र वितरणको लागि दोङ्देमुन शुभेच्छा रेस्टुरेन्टमा १७ तारिख बिहान ९ बजेबाट कार्यक्रम गर्ने भएको छ ।
समाजले रामु पोख्रेल, आशा बहादुर गुरुङ, रामु कडेललाई सदस्य नियुक्ति गरेको छ । सल्लाहकारहरुमा नवराज सिवाकोटि, सोम वाइबा तामाङ, सिताराम तिमल्सिना, राजकुमार गोले, लालकाजि बस्नेत, भोला पौडेल, नवराज खरेल, भिम खड्का, नारायण नेपाल, संजिव भण्डारि, साजन शर्मा,यम श्रेष्ठ, जुनु गुरुङ, रन्जन राज कुवर, चित्र बहादुर मोक्तान, पर्शुराम सापकोटा थापा, मनोज र संरक्षकमा प्रकाश धमलाज्युलाई नियुक्ति गरेको थियो ।
कार्यसमितिका पदाधिकारीहरु तथा सबै सल्लाहकारहरुलाई उपस्थितीको लागी महासचिव राजेन्द्र दुलालले सबैमा अपील गरेको छ । संस्थाले भाबी कार्यक्रम बनाउन सुझाव संकलनको लागी उक्त कार्यक्रम आयोजना गरेको महासचिव दुलालले तेमाल अनलाइनलाई जानकारी दिए ।
























