भौतिक पूर्वाधार विकास ( आवास तथा पूर्वाधार) सम्बन्धी नीति तथा कार्यक्रम
१. आवधिक योजना, आवास योजना, र वस्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
२. गाउँपालिका तथा वडा कार्यालयहरु जोड्ने रणनितिक सडकहरु निर्माणमा निरन्तरता दिइनेछ ।
३. विकास आयोजना छनौट गर्दा सामाजिक-आर्थिक लाभ, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइनेछ । पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिनेछ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरूको पुनःप्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ ।
४. दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
५. एकिकृत शहरी तथा वस्ति विकास योजनाद्वारा निर्दिस्ट गरेका पूर्वाधारहरुको निर्माण कार्यका लागि संघीय सरकार, प्रदेश सरकार र साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिइनेछ ।
६. गाउँपालिका को विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिका गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन ।
७. विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ ।
८. घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस् र पुँजी चलायमान होस् भन्ने उद्देश्यले घर निर्माण गर्नु पूर्व नागरिकलाई घरको आवश्यकता, घरको लागत, मापदण्ड र उपयोग सम्बन्धमा निःशुल्क परामर्श दिईनेछ।
९. नेपाल राष्ट्रिय भवन संहिता २०६०, वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२, राष्ट्रिय भू-उपयोग राष्ट्रिय नीति, भवन तथा योजना मापदण्ड २०५६ लगायतका प्रादेशिक इवं स्थानीय भूमि व्यवस्थापन तथा भवन नियमन सम्बन्धी
ऐन, मापदण्ड तथा निर्देशिकाहरुलाई कडाईका साथ लागु गरी सुरक्षित एवं व्यवस्थित निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
१०.गाउँपालिका क्षेत्र भित्र आवासीय भवनमा “एक घर एक विरुवा” नीतिलाई निरन्तरता दिइनेछ।
११.भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ।
१२.गाउँपालिका भित्र भु-उपयोग नीति लागु गर्दै जाने नीति लिइनेछ । १३.गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ।
१४. गाउँपालिका को स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
१५.विभिन्न कालखन्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना (पूँजीगत सम्पति) को लगत तयार अद्याविधक तथा मुल्यांकन गरी सार्वजनिक सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गरिनेछ । १६.प्रभावकारी सम्पति ब्यवस्थापनका लागि सम्पति ब्यवस्था सूचना प्रणाली (Asset Management Information System) तयार गरी लागु गरिनेछ ।
१७.पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजीक्षेत्र संगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरि कार्यान्वयन गरिनेछ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























