खानीखाेला- काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभाकाे अवसरमा १० वर्षे जनयुद्धकाे क्रममा सहिद भएकाहरुकाे परिवारलाई सम्मान गरेको छ । दश वर्षे जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मान प्रदान गरेपछि गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले भने, ‘हामी आज जहाँ छौँ, त्यो सहिदहरुको बलिदानको कारणले सम्भव भएको हो, हामीले उहाँहरुलाई उहाँहरुको परिवारमार्फत् सम्मान गर्ने कुराले नै उहाँहरुप्रति सच्चा सम्मान हुन्छ भन्ने हामीलाई लागेको छ ।’
गाउँपालिकाले जनयुद्धका क्रममा पालिकाबाट सहिद भएका २० जनालाई सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरेको थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























