चाैंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चाैंलागाईंले प्रस्तुत गरेको भाैतिक पूर्वाधार सम्बन्धी १३ बुँदे नीति समावेश गरिएकाे छ । क्र‍मसंख्या ४६ देखि ५८ सम्ममा साे नीति रहेको छ ।

भौतिक पूर्वाधार सम्बन्धी नीति

४६. चौरीदेउराली गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा कार्यालयबाट जनतालाई दिने
सेवा प्रवाह कार्यमा विभिन्न समस्या झेल्नुपरेको छ । जनतालाई सहज ढंगले गुणस्तीय सेवा प्रवाह गर्न प्रशासनिक भवन निर्माणको अपरिहार्यतालाई ध्यानमा राखी बजेटको व्यवस्था गरी आ.व. २०८१/८२ देखि प्रशासनिक भवन निर्माण कार्य शुरु गरिनेछ ।

४७. चालु आर्थिक वर्षमा शुरु भएको गाउँपालिकाको १५ शैयाको अस्पताल निर्माणको कार्यलाई तिव्रता प्रदान गरिनेछ ।

४८. निर्माण हुन बाँकी बच्चा कार्यालयहरुको प्रशासनिक भवन निर्माणको लागि बजेट व्यवस्था गरिनेछ ।

४९. संघ र प्रदेश सरकारसँगको समन्वयमा निर्माण हुन बाँकी रहेका सहक लगायतका अन्य पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिईनेछ ।

५०. सडकको दिगोपना र संरक्षणको लागि सडक गुरुयोजना अनुसार सडक निर्माणमा जोड दिइनेछ ।

५१. नयाँ सडक निर्माण भन्दा बनेका सडकहरुलाई क्रमश स्तरोन्ती गर्ने कार्यलाई प्राथमिकता
दिईनेछ ।

५२. गाँउपालिकामा योजना बैंकको स्थापना गरी प्राथमिकताका आधारमा विकास निर्माणका कार्यक्रमहरु संचालन गरिनेछ ।

५३. विकास प्रक्रियालाई दिगो भरपर्दो एवं विकासनीय बनाउन टुक्रे आयोजनाहरुलाई निरुत्साहित गर्दै लगिनेछ । रु ५ लाख भन्दा माथिका योजना संचालन गर्न जोड दिईनेछ ।

५४. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरवका आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन नदिनको लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ ।

५५. “एक घर एक धारा” को अभियानलाई पूर्णता दिन आवश्यक पूर्वाधारहरु तर्फ विशेष ध्यान दिइनेछ ।

५६. मर्मत संभार गर्नुपर्ने तथा अधुरा योजनाहरु बाहेक नँया मठ, मन्दिर, गुम्बा लगायत सामुदायिक भवनहरु आगामी वर्ष निर्माणमा क्रमशः न्यूनीकरण गर्दै लागिनेछ ।

५७. गाउँपालिका भित्रको यातायातलाई १२ महिने संचालन गर्नको लागि सडकको स्तरोन्ति गरिनेछ । प्राकृतिक कारणले अवरुद्ध हुने सडकहरुको निर्माणको लागि आकस्मिक मर्मत तथा व्यवस्थापन कोषको स्थापना गरिनेछ ।

५८. निर्माण गरिने पूर्वाधारहरुको दिगोपना र गुणस्तर कायम गर्नको लागि गाउँपालिकामा पूर्वाधार ल्याव स्थापना गर्न आवश्यक पहल गरिनेछ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला