खानीखोला- काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको वडा नंं ७ मा रहेकाे सुकुमफेदी-तालढुङ्गा सडक खण्ड निर्माण कार्य सम्पन्न भएको छ । सडक निर्माण सकिएर ट्रयाक खुल्ला भए पछि गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले उद्घाटन गरेकाे छ ।

च्याम्राङवेसी हुँदै खजुली वेसी- पाक्दोल र देउपाल सडक खण्डको  २०७० साल देखि निरन्तर प्रयास गरेर सडक १० बर्ष पछि ट्रयाक खुल्न सफल हो । सो सडक खण्ड निर्माण सकिए पछि गाउँपालिका बासिन्दाले धुलिखेल आइपुग्न अन्य सडकबाट भन्दा करिब १ घण्टा छिटो हुनेछ ।

यस सडक खण्डको लागि जिल्ला बिकास समिति भए देखि निरन्तर प्रयास भइरहेको थियो ।  संघीय सरकार , प्रदेश सरकार र गाउँपालिका सरकारले बिगत ३ बर्ष देखि सो सडक खण्ड निर्माण सम्पन्न गर्नको लागि प्रयास गरिएको थियो ।  प्रदेश सरकारले आर्थिक बर्ष  ०७९/०८० मा विनियोजन गरेको रु २५ लाखले केही भाग खुलेको थियो । चालू आर्थिक बर्षमा रु ४८ लाख बिनियोजित बजेटले ट्रयाक खोल्न सफल भएको हो । सो सडक खण्डको लागि आर्थिक बर्ष ०८१/०८२ मा संघीय सरकारबाट रु १ करोड बजेट विनियोजन भएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थिङले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताए । जनताले निर्वाचन मार्फत  विश्वास गरेका छन् ,सरकार विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताए । लामो समयको अथाह प्रयास पछि सडक खण्ड निर्माण सकिएर  ट्रयाक खुल्ला भए पछि स्थानीयवासीले सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा , प्रमुख प्रशासकीय अधिकृत जीवन गैर, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल , पुर्वधार बिकास संयोजक वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतान, बिपत्त व्यवस्थापन संयोजक तथा ७ नम्बर अध्यक्ष राम बहादुर मोक्तान, १ नम्बर  वडा अध्यक्ष सन्चमान थिङ,युवा नेता व्यवसाय  सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी , वडा सदस्य रोहन रुम्बा लामा , युवा नेता वीर बहादुर घिसिङ, उपभोक्ता समिती अध्यक्ष नेमार मोक्तान , समितिका सम्पुर्ण पदाधिकारीहरु लगाएत स्थानीयहरु  बुद्धिजीवी , युवाहरुको उपस्थितिमा ट्रयाक खुलेसंगै सडक अनुगमन गरि उदघाटन गरिएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला