तेमाल- नेपाल बुद्ध संस्कृति अनुसन्धान तथा विकास संघकाे पहलमा कृषि विकास बैंक लिमिटेडको सहयोगमा तेमाल गाउँपालिका वडा नम्बर ६ मा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । आज वडा नं ६ मा रहेकाे ६  वटा विद्यालयका करिब ४ सय  भन्दा बढि  विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

विद्यार्थीहशरुलाई झाेला, ट्याप तथा स्टेशनरीका सामानहरू वितरण गरिएको थियाे । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड का उप-महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, वरिष्ठ शाखा प्रमुख-मार्केटिङ सेल्स विभाग )सुरेश थापा, रामचन्द्र बोहरा (प्रबन्धक शाखा कार्यालय धुलिखेल), हरिराज थपलिया (शाखा अधिकृत बागमती प्रदेश कार्यालय)संघका अध्यक्ष ङेमा लामा, संघका कोषाध्यक्ष एवं नागरिक सहारा नेपालका अध्यक्ष छेवाङ योन्जन तामाङ, संघका सल्लाहकार ऋषि मैनाली लगायतका सहभागी थियाे ।

कृषि बिकास बैंक  लिमिटेड अन्तर्गतको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्नका लागि छुट्याइएको बजेट नेपाल बुद्ध संस्कृति अनुसन्धान तथा विकास सङ्घको लागि बजेट विनियोजन गरी तेमाल गाउँपालिका वडा नम्बर ६ को पञ्चकन्या मावि, सुनकन्या प्राथमिक विद्यालय, श्री महाङ्काल आदरभूत विद्यालय, निर्मला आधारभूत विद्यालय, बुद्ध कोल्ताेङ आधारभूत विद्यालय, कालीदेवी प्राथमिक विद्यालय, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कृषि विकास बैंक लिमिटेडका उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व काेष अन्तरगत काे रकम बैंकले शिक्षा स्वास्थ तथा डिजिटल सिकाई मा समेत सहयोग हाेस भन्ने हेतुले देशको विभिन्न ठाउमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।