काठमाडाैं- नेपाल पत्रकार महासंघले प्रेस युनियनले विधिकाे शासन र लाेकतन्त्रकै उपहास गरेकाे ठहर गरेकाे छ । नेपाल पत्रकार महासंघको २०८१ असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेको अवस्थामा केन्द्रीय निर्वाचन समितिका संयोजक र महासंघका कर्मचारीमाथि नेपाल प्रेस युनियन सम्वद्ध समुहले आज साँझ गरेको दुव्र्यवहार र हातपात गरेपछि महासंका अध्यक्ष विपुल पाेख्रेलले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे ठहर गरेकाे हाे ।
अध्यक्ष पाेखरेलले निर्वाचन प्रक्रियामा असनतुष्टी जनाएका सबै पक्षालाई वार्तामा आउन समेत अपिल गरेकाे छ ।
प्रेस विज्ञप्ति
मितिः २०८१/०३/१४
नेपाल पत्रकार महासंघ निर्वाचनको प्रक्रियामा छ । यो निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व हामी सबैको हो । यो प्रक्रियाप्रति कसैको विमति हुँदा संवादको माध्यमबाट त्यसलाई साझा धारणामा रुपान्तरण गर्नका लागि महासंघ सदा तयार छ । निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएका सबै पक्षलाई वार्तामा आउन र संवादमार्फत निष्कर्षमा पुग्न महासंघ अपिल गर्दछ ।
यसैबीच नेपाल पत्रकार महासंघको २०८१ असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेको अवस्थामा केन्द्रीय निर्वाचन समितिका संयोजक र महासंघका कर्मचारीमाथि नेपाल प्रेस युनियन सम्वद्ध समुहले आज साँझ गरेको दुव्र्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आफ्ना मागहरुप्रति चित्त नबुझे त्यसलाई शान्तिपूर्ण ढंगबाट वार्ता र संवादका माध्यमले टुंग्याउनु पर्नेमा यस्ता अलोकतान्त्रिक क्रियाकलापले विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ यस किसिमका घटनामा संलग्नमाथि कारबाही गरी शान्तिपूर्ण ढंगबाट समस्याको समाधान खोजी निर्वाचनको वातावरण सहज गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।F
विपुल पोख्रेल
अध्यक्ष
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























