खानीखाेला- काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका वडा नः ५ तालढुङ्गगाका जेष्ठ नागरिकहरुलाई लाैराे र छाता वितरण गरेकाे छ । आज असार १५ धान दिवसकाे अवसर पारेर गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङकाे नेतृत्वमा साे सामाग्रीहरु वितरण गरेकाे हाे ।

लाैराे र छाता वितरणसँगै दही चिउरा खाएर उनीहरुसँगै धान दिवस मनाएका छन् । यसरी लाैराे र छाता पाएपछि यहाँका नागरिक निकै खुसी भएका छन् । ७८ वर्षका बल बहादुर श्रेष्ठले पालिकाका सरकारलाई धन्यवाद दिए ।

कार्यक्रम खानीखोला गाउँपालिकाका अध्यक्ष थिङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको अध्यक्ष थिङले बताए । बर्षादको समयमा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको बताउँदै जनप्रतिनिधिले जेष्ठ नागरिककालाई मायाँको चिनो स्वरुप बितरण गरेको थिङले बताए ।

यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् ।

गाउँपालिकामा १ हजार १ सय ७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा नः ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबू ) ले जानकारी दिए ।

यसैबीच गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिए ।

यस वडाबाट हरेक महिनाको एक चोटि नियमित ६० बर्ष माथीका जेष्ठ नागरिक घुम्ती स्वास्थ्य परिक्षण हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड हरेक एक आर्थिक बर्षमा नवीकरण गर्न वडामै आएर गर्नु पर्छ तर सेवाग्राहीको समस्यलाई मध्यनजर गर्दै वडा नं ५ ले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने वडा सचिव चण्डिका थापाले बताए ।

प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल, मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य , स्वास्थ्यकर्मी प्रेम खडका बुद्धिजीवी , समाजसेवीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे बुद्धि बहादुर स्याङ्तानको अध्यक्षता र वडा सचिव चण्डिका थापाले सञ्चालन गरेकी थिइन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला