खानीखाेला- काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिकामा गृहणी महिलाहरुलाई सीप मुलक तालिम र कफिमा ‘जसको उत्पादन उसैलाई अनुदान’ वितरण कार्यक्रम एकै साथ सम्पन्न भएकाे छ । आइतबार दुवै कार्यक्रम एक समाराेहका बीच सम्पन्न भएकाे हाे ।

वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सह‌योगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगार वडा न: ५ र ६ मा १५ दिने साबुन बनाउने तालिम र वडा न: ४ अचार बनाउने जागरण नेपालका आयोजनामा खानिखोला गाउँपालिकाको समन्वयमा १५ दिने तालिम समापन कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम गाउँपालिका अध्यक्ष इन्द बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियाे ।

महिलाहरुलाई सीप मुलुक तालीम स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन गर्ने उदेश्यले साबुन र अचार बनाउने तालीमसंगै जसको उत्पादन उसैलाई अनुदान वितरण तथा कार्यक्रम संन्चालन गरेका अध्यक्ष थिङले बताए । सीप सिकेर आत्म निर्भर रहने गरि सीपको सदुपयोग हुने अब केहि परिवर्तन आउने स्थानीय उत्पादन संगै महिलामा जोसजगारका साथ अघि बढने आशा लिएसंगै तालीमले स्थानीय उत्पादन अब सीपलाई सदुपयोगसंगै उत्पादनमा जोड दिनु पर्ने आत्मनिर्भर भएमा बिदेश जना नपर्ने साबुन , सरफ , अचार बनाउने तालिमले खानिखोलामा परिवर्तन ल्याउने बताए ।

यो तालीमले खानिखोलाका माहिला तथा कृषक समुहहरुमा उत्साह छाएको छ । स्थानीय उत्पादन सीपको मुल्यांकन गरी सहयोग दाता पालिका सरकारको समन्वय र सहकार्यमा सबैव साथ र सहयोग रहने प्रशासकीय अधिकृत जीवन गैरेले बताए । खानिखोलामा बार्षिक ६६ हजार टन कफि उत्पादन भएको पाइन्छ ।

बार्षिक कफिबाट रु ४ करोडको आम्दानी भएको देखिन्छ । जसको उत्पादन उसैलाई अनुदान यस नारालाई पालिका सरकारले प्रती केजी कफिमा रु ३५ रुपैयाँ अनुदान दिदै आएको छ । गत सालको तुलनामा यसपाली तिन गुणाले कफि उत्पादनमा वृद्धि भएको पाइन्छ । गत साल रु ७ लाख वितरण गरेको थियो । यसपालि रु २१ लाख रुपैयाँ विभिन्न कृषक समुह बनाई उन्नाइस समूहलाई अनुदान वितरण गरेका छन् ।

उत्कृष्ट समूह मध्ये कोदाखोरिया कफि उत्पादन सहकारी संस्थाले १५४३४ केजी उत्पादन गरि रु ४६३०३३ रुपैयाँ अनुदान लिएको छ । गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन र अचार बनाउने तालीममा वडा न: ४ मा अचार बनाउने २५ जना महिला सहभागी वडा न: ५ र ६ गरि ५० जना सहभागी रहेको थियो ।

कार्यक्रममा सामाजिक बिकास संयोजक वडा न: ४ अध्यक्ष निशान मोक्तान, पुर्वधार बिकास संयोजक वडा न: ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी महिला नेतृ मिना पाख्रीन, मनिता थिङ, कार्यक्रमका सभापति जागरण नेपाल अध्यक्ष लक्ष्मी पाख्रीन कार्यक्रम संन्चालन चण्डिका थापाले गरेकी थिइन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।