राेशी- काभ्रेकाे राेशी गाउँपालिकामा सामुदायीक बिपद् प्रतिकार्य सम्बन्धी ३ दिने तालिम शुरु भएकाे छ ।इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय, रोशी गाउँपालिकाको आयोजना, भद्रदल गणको सहजिकरण, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा साे तालिम शुरु भएकाे हाे ।

बिपद जुनसुकै समयमा हुन सक्ने तथा विपदको समयमा राज्यको मात्रै प्रयासले भन्दा आम नागरिक समुदाय समेतको संलग्नतामा विपद उद्दार/व्यवस्थापन प्रभावकारी हुने हुँदा सुरक्षाकर्मि, स्थानिय जनप्रतिनिधि, आम नागरिक, रेडक्रस सोसाइटि लगाएत सरोकारवाला निकाय तथा सोमा आवद्द व्यक्तिहरुको संलग्नतामा विपद प्रतिकार्य गर्दा समयमानै उद्दार एवं बिपद व्यवस्थापन गर्ने सकिने हुँदा सोहि उदेश्य प्राप्तिका लागि खटिने सम्बन्धित सरोकारवालाहरुलाई विपद प्रतिकार्य सम्बन्धी ज्ञान, सीप, क्षमता, दक्षता अभिवृद्दि गराउन सामुदायीक बिपद् प्रतिकार्य सम्बन्धि ३ दिने तालिम संचालन इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीले बताए ।

कार्यक्रममा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षता, नमोबुद्ध नगरपालिकाको प्रमुख कुन्साङ लामा ज्यूको प्रमुख आतिथ्यता, श्री नं. २६ बाहिनी अड्डाका बाहिनी पती सहायक रथि अशोक गुरुङ र प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईकाे बिशेष अतिथी, रोशी गा.पा. को उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला), तेमाल गा.पा. उपाध्यक्ष दलमान थोकर, श्री भद्रदल गणका गणपति प्रमुख से.ना.नि. नाईजेल सुब्बाको आतिथ्यता, स्थानिय जनप्रतिनिधिहरु, नागरिक समाज, रेडक्रस सोसाईटी लगायतका सरोकारवाला निकायका पदाधिकारीहरु, सुरक्षाकर्मिहरु, संचारकर्मिहरु समेतको सक्रिय उपस्थिति तथा सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख, प्रहरी निरीक्षक कृष्ण गिरीले संचालन गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला