बनेपा- काभ्रे जिल्लाकाे बनेपा नगरपालिकाका एक सहकारीकाे सञ्चालक समितिका अध्यक्ष र काेषाध्यक्ष पक्राउमा परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वडा नम्बर-८, वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष बनेपा नगरपालिका वडा नम्बर ८ का ५८ वर्षीय कृष्ण लाल शुद्धकार र कोषाध्यक्ष बनेपा नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय निरज राजवंशी रहेका छन् ।

उनीहरू विरुद्ध ३० जना बचत कर्ताले ठगी मुद्दा पिडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । उनीहरू विरुद्ध २ करोड ८३ लाख ११ हजार १६४ रूपैयाँको ठगी गरेको आरोप लागेको छ । पक्राउ गरेकामाथि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला