पनाैती- काभ्रे जिल्लाकाे पनौती नगरपालिका वडा नं ९ लाई बालश्रम मुक्त वडा घाेषणा गरेकाे छ । पनाैती नगरलाई बालश्रममुक्त नगर घोषणा अभियान अन्तर्गत नगर प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले आज एक कार्यक्रमका बीच बालश्रम मुक्त वडा घाेषणा गरेकाे हाे ।
यो वडा बालश्रम मुक्त वडा घाेषणा गरे सँगै पनौती नगरपालिका पुर्णत बालश्रममुक्त नगरपालिका भएको उपप्रमुख बञ्जाराले जानकारी दिए । बञ्जाराले घोषणाको व्यबहारिक कार्यान्वयन गर्न आ-आफ्नो तर्फबाट लाग्न सम्पुर्ण नगरवासी, सरोकारवाला निकायलाई अनुराेध समेत गरेकी छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























