राेशी-  काभ्रे जिल्लाकाे रोशी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा सोमबारबाट सुरु भएको उक्त तालिमको आज समापन गरीएको हो ।

तालिम रोशी गाउँपालिकाको आयोजना, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्य, भद्रदल गण भकुण्डेबेशीको सहजिकरण र ईलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा गरेकाे थियाे ।

तालिमबाट रोशी गाउँपालिकाले विपद प्रतिकार्य गर्न ५२ जनशक्ति तयार गरेको छ । रोशी गाउँपालिकाका सबै वडा, रेडक्रसकर्मी, कर्मचारीहरु ५२ जनालाई तालिम दिएर गाउँपालिकाले विपद प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव रहेका इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिए ।

तालिमको समापन समारोहमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विपद व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी हो भन्ने मान्यता चिर्न समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको भन्दै प्रतिकार्यको लागि सामुहिक प्रयास आवस्यक रहेको बताए । विपद प्रतिकार्य गर्न समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक भएको भन्दै उँहाले तालिम प्राप्त व्यक्तिहरु विपद प्रतिकार्यमा खटिने विश्वास व्यक्त गरे ।

त्यसैगरी रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिममा सिकेका ज्ञान र सीपलाई विपदमा प्रयोग गर्न अनुरोध गर्दै सहकार्य गर्न तयार रहेको बताए ।

भकुण्डेवेशीस्थित भद्रदल गणका क्याप्टेन समिर अधिकारी, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरि लगायत सुरक्षाकर्मीले सहभागिहरुलाई प्राविधिक तालिम दिएका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला