पाँचखाल- काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा बाटाेमा चिप्लीएर लड्दा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नम्बर ४ दनुवार टोलका २३ वर्षीय सुजन दनुवारको रहेका छन् ।

पाँचखालकै लाम्दी भन्ने स्थानमा गोरेटो बाटोमा अचानक चिप्लिएर लडेका सुजनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । आज बिहान ८ बजेतिर चिप्लिएर लडेका सुजन बेहोस अवस्था धुलिखेल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला