बेथानचोक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-३ का विद्यार्थी र अभिभावकहरुलाई विद्युतीय सुरक्षा सम्बन्धि प्रशिक्षण दिएकाे छ । बेथानचोक गाउँपालिका वडा नं ३ मा साे तालिमकाे आयाेजना गरिएकाेमा बुधवार सम्पन्न भएको हो ।
तालिममा कृष्णागोपाल मा.वि. का शिक्षक विद्यार्थी र स्थानियहरुको सहभागिता रहेको आयाेजनकले बताएकाे छ । साे कार्यक्रममा विद्युतीय दुर्घटनाबाट बच्नको लागि के गर्नुपर्छ र कसरी सुरक्षा अपानउन सकिन्छ भन्ने विषयलाई लक्षित गरी तालिम दिएकाे थियाे ।
विधुतिय सुरक्षा सम्बन्धि प्रशिक्षणमा विधुतिय जोखिमका कारण र विधुतिय जोखिमको न्युनिकरणको उपायको वारेमा प्रशिक्षण प्रदान गरिएको गरिएको थियो । सुरक्षात्मक विधिको पूर्ण अबलम्बन गरेमा जोखिम कम गराई दुर्घटनाबाट बच्न सकिने कुराकाे जानकारी दिएकाे थियाे । ती सबै विधिहरु थाहा नहुँदा कमीकमजोरीका कारण दुर्घटनाको शिकार हुनपरेको केही घटना पनि छन् । अब त्यसरी स्थानिय वासीहरु विद्युतीय दुर्घटनामा पर्न नपरोस र ज्यानै गुमाउने सम्मको जोखिम नहोस् भनी गरिएको प्रशिक्षण प्रभावकारी भएको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























