राेशी- काभ्रे जिल्लाकाे राेशी गाउँपालिकामा रहेकाे इलाका प्रहरी कार्यालय, मंगलटारकाे आयाेजनामा विभिन्न प्रकारकाे दुर्घट्नामा परेकाहरुकाे उद्धार सम्बन्धी तालिम सम्पन्न भएकाे छ ।  वि.पि. राजमार्ग लगाएतमा हुने दुर्घटनाको क्रममा घाइतेको उद्धार, मनसुनजन्य लगाएतका विभिन्न बिपद्जन्य घटनाहरुबाट समेत घाईते भएका व्यक्तिहरुको तत्काल उद्धार गर्न प्रहरी कर्मचारीहरु खटिने क्रममा घटनास्थलमा घाईतेहरुलाई तत्कालन प्रदान गरिने प्राथमिक उपचार, Trauma First Aid (TFA), Basic Life Support (BLS) लगाएतको बिषयमा आवश्यक तालिम  प्रदान गरिएकाे थियाे ।

इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरिका अनुसार प्रहरी कर्मचारीहरुलाई सो सम्बन्धमा थप ज्ञान, सीप, क्षमता अभिवृद्दि गर्ने उदेश्यका साथ तालुक जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकको निर्देशन, समन्यव एवं अनुमति, धुलिखेल अस्पतालसँगको सहकार्य २ दिने प्रयाेगात्मक तालिमकाे आयाेजना गरिएकाे छ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तरगत यस कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु, वि.पि. राजमार्गमा सम्बन्धित निकायबाट खटिने कर्मचारीहरु, उद्दारको क्रममा खटिने नेपाल रेडक्रस सोसाइटिका सदश्यहरु, आम नागरिक समेतको सहभागितामा सरोकारवाला निकायहरुसँगको सहकार्यमा उक्त प्रशिक्षण संचालन गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

उक्त प्रशिक्षण पश्चात तालिम प्राप्त प्रहरी कर्मचारीहरुले पवित्र नेपाल प्रहरी संगठनको उदेश्य प्राप्तिमा विभिन्न कारणबाट घाइते भएकाहरुको उद्दारको क्रममा थप क्षमता प्रदर्शन गरी विषम परिस्थितिमा आम नागरिकको जिउ, ज्यान बचाउने पुनित मानवीय कार्यमा थप टेवा पुग्ने गिरीले बताए ।
सो कार्यक्रममा नमोवुद्द नगरपालिकाका नगर प्रमुख, कुनसाङ लामा लगाएतका जनप्रतिनिधीहरु, स्थानीय स्वास्थ्यकर्मिहरु, नेपाल रेडक्रस सोसाइटिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षणमा धुलिखेल अस्पतालबाट सो सम्बन्धमा विज्ञ प्रा.डा. (HOD) सानु कृष्ण श्रेष्ठ, दिपेन्द्र गिरी (IN charge Emergency Department), शिव प्रसाद न्यौपाने (DEMS), श्रवण कुमार गौतम (Paramedics Emergency Department) लगाएतबाट प्रयोगात्मक प्रशिक्षण समेत प्रदान गरिएको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।