राेशी- काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं.  ११ स्थित कालढुंग स्थित भ्याकुर खाेला तर्ने क्रममा साे खाेलाले बगाउँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

वडा नं. १२ का पूर्व वडा अध्यक्ष मिलन लामाका अनुसार आज सँझ ७ बजे बिपी राजमार्ग र डम्फु पार्क देखि ८ सय मिटर माथि खोला तर्ने क्रममा खाेलाले बगाएर उनीहरुकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा ६५ बर्षको जालमाया रुचाल मगर र उनकाे भदैनी बर्ष ५ की सेतिमाया रुचाल मगर रहेकाे इलाका प्रहरी कार्यालय, मंगलटारले जनाएकाे छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।