हेटाउँडा– बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने बरु विश्वासकाे मत लिने भएको छ । सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्दै गर्दा बागमतीमा पनि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गरेका हुन् ।
यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेल प्रदेश राजधानीमा नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीबाट राजीनामा दिन रोकिएका एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने जानकारी दिए।
यस्तै नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्रीले पदबाट राजीनामा नदिएर विश्वासको मत बतए । “मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने मोटामोटी सल्लाह भएको छ, पार्टीको संसदीय दलको बैठकले निर्णय गर्दै छ ।” ढकालले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























