भुम्लु– काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले २०८० सालको एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । आज (आइतबार) गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छात्रछात्रालाई १/१ लाख नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई, विभिन्न विद्यालयको प्रधानाध्यापकहरु, शिक्षा शाखाका कर्मचारीहरु लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।