तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले तेमालको कुनैपनि सडक अबरोध भए गाउँपालिकामा खबर गर्न अपिल गरेको छ । ४ दिनदेखि भएको अविरल वर्षाका कारण सडक अबरोध भएको हुन सक्ने कुरालाई मध्यनजर गरेर गाउँपालिका अध्यक्ष तामाङले यस्तो अपिल गरेका हो ।

अध्यक्ष तामाङले सडक अबरोध भए गाउँपालिकाको डोजर परिचालन गरेर बाटो खुलाउने बताएका छन् । अवरोध भएको बाटो खुलाउन टोली नै निर्माण गरेर परिचालन गरेको उनले जानकारी दिए । ‘केहि दिनदेखिको अविरल बर्षाको कारण तेमाल गाउँपालिका भित्रको केही ठाउँमा बाटो अबरोध भएको जानकारी पाएको हुनाले, डोजर परिचालन गरि बाटो खुलाउने उदेश्यले टोलि खटाएको छु ।’ तामाङले भने, ‘बिपत भएको खन्डमा यथाशीघ्र खबर गर्नुहोला ।’

विपत परेमा डोजर अपरेटरको मोवाइल नं. ९८४१७९७९११ मा सम्पर्क गर्न समेत उनले तेमालबासीलाई अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।