भुम्लु- काभ्रे जिल्लाकाे भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले बढी पहिरो आपतकालीन सडक अबरोध भए आफूलाई तुरुन्तै खबर गर्न भुम्लुबासीलाई अपिल गरेका छन् । बिगत ४ दिनदेखि भएको अविरल वर्षाका कारण सडक अबरोध भएको हुन सक्ने कुरालाई मध्यनजर गरेर गाउँपालिका अध्यक्ष भुजेलले सबै भुम्लुबासीलाई यस्ताे अपिल गरेका हो ।

अध्यक्ष भुजेलले सडक अबरोध भए गाउँपालिकाको डोजर परिचालन गरेर बाटो खुलाउने अध्यक्ष जानकारी दिए । ‘भुम्लु गाउँपालिका भित्र दुईवटा ठुलो नदीहरु इन्द्रावती भोटेकोसी रहेको छ भने नेपालको पुर्बपश्चिम जोडने ठुला मध्य राजमार्गहरु पहाडी लोकमार्ग साथै सिन्धुपाल्चोक दोलखा रामेछाप नेपालको ठुलो छिमेकी देश चिन सग जोडने अरनिको राजमार्ग रहेको छ ।’ अध्यक्ष भुजेलले भने, ‘ भुम्लु एकदमै समवेदनशील नाका धेरै ठाउँको महत्त्वपूर्ण ट्रन्जिट रहेको छ । यसकारण हामी एकदमै सचेत छौँ जनतालाई २४ सै घण्टा तुरुन्तै सुचना दिएर सचेतना गराउने जनधनको सुरक्षाको लागि नागरिकहरुको सुखदुःख सगसगै रहेको अनुभुती दिलाउने यस्तो आपतकालीन अवस्थामा सुचनाको महत्त्वपूर्ण भुमिका रहने KRANTI FM का अध्यक्ष क्रान्ति लामाले बताउनुभयो

‘केहि दिनदेखिको अविरल बर्षाको कारण भुम्लु गाउँपालिका भित्रको सापिङ बेखसिम्ले सिम्थली दोलालघाट ज्याम्दी कोलातीभुम्लु फलाटे भुम्लुटार चौबास सल्ले लगायतको केही ठाउँमा बाटो अबरोध भएको जानकारी पाएको हुनाले, डोजर परिचालन गरि बाटो खुलाउने उदेश्यले टोली खटाएको छु ।’

अध्यक्ष भुजेलले भने, आपतकालीन ‘बिपत भएको खन्डमा यथाशीघ्र खबर गर्नुहोला ।’विपत परेमा डोजर अन्य सेवा डाक्टर एम्बुलेन्स मोवाइल नं.तुरुन्तै जुनसुकै बेला २४ सै घण्टा यो नम्बरमा #9843532080 मा सम्पर्क गर्न अनुरोध गर्दै भुम्लु सरकारले भुम्लुबासी नागरिक आमा बा दिदीबहिनी दाजुभाइहरु सबैलाई अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।