महाभारत- दुबै मृगौला फेल भएका काभ्रेको महाभारत गाउँपालिका वडा न ८ घर्तिछापका तिलक आले मगरले उपचारका लागी आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । बिगत केही महिना देखी मृगौला फेल भएर उपचार गराउदै आएका ३० बर्षिय मगरले परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागी सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।
तिलकको हाल शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रमा उपचार भइरहेको उनका आमा हस्तिमाया राना मगरले ग्लोबल खबरलाई बताइन । घरको आर्थिक अवस्था कमजोर छ ,कसैले सहयोग गरे छोराको नयाँ जिवन पाउने आशा छ, आमा मगरले भनिन् ।
डाक्टरको सल्लाह अनुुसार मृगौला प्रत्यारोपण गर्न सकिने र आमाले दिने भएपनि आर्थिक अभाव कारण समस्या परेको उनका परिबारजनको भनाई छ । अहिले पछिल्लो समयमा निःशुल्क डायलासिस गराएपनि अन्य खर्च जोडदा खर्चले धान्न नसकेको बुवा क्षेत्र बहादुर आले मगरले बताए । हालसम्म उपचारमा लाखौ भइसकेको मगरको जानकारी दिए ।
परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
उनका परिबारजनले आर्थिक सहयोग गर्न चाहानेले आमा हस्तिमाया राना मगरको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०९३०५९८९१७२०२००१ मा जम्मा गरिदिन वा ९८६३६१९८३७ मा सम्र्पक गर्न आग्रह गरेका छन् । साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्नसक्नु हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।