राेशी- काभ्रे जिल्लाकाे राेशी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय, मंगलटारले मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्न स्थानीयसँग अन्तरकृया गरेकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीकाे नेतृत्वमा साे कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्नआम नागरिकहरुले अपनाउनु पर्ने सुरक्षा बिधी, बिपद्जन्य घटनाहरुबाट बच्ने उपाय, क्षति न्युनिकरणका उपायहरु, घटना घट्नासाथ तत्कालै सतर्कता अपनाई प्रहरीलाई तत्काल खबर गर्ने लगायतका विषयहरुमा छलफल गरेकाे थियाे ।
इलाका प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट एकै समयमा बिभिन्न स्थानहरुमा स्थानिय नागरिकहरु संग छलफल एवं अन्तर्क्रियात्मक कार्यक्रम गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

यसैक्रममा इलाका प्रहरी कार्यालय म‌ंगलटारबाट रोशी गा.पा. ११ माम्तीमा प्र.स.नि. खेच बहादुर कार्की, मातहत प्रहरी चौकी भकुण्डेबेशीले नमोबुद्ध न. पा. ७ मा प्र.ब.ना.नि सुनकाजी तामाङ,  मातहत प्र.चौ. कटुन्जेवेशीले रोशी ७ कटुन्जेवेशीमा प्र.ब.ह. जयरुद्ध कुमार शर्मा, ले बाढी पहिरो बाट बच्ने उपाय र न्युनिकरणको लागि गर्नु पर्ने कार्यहरु संग सम्बन्धित बिषयमा अन्तर्कियात्मक कार्यक्रम सञ्चालन, मातहत प्र.चौ. कानपुरले नमोबुद्ध न.पा. ५ कानपुरम मा प्र.स.नि. राजेश सिलवालले बिपद् व्यबस्थापान गर्नको लागि बिपद् हुनु भन्दा पहिलाको तयारी, बिपद्को क्रममा उद्धार लगायतका कार्यहरुको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन, मातहत प्र.चौ. पोखरीनारायणस्थानले तेमाल गा.पा. ५ स्थित रहेको रोसईवामा प्र.ह.श्याम प्रसाद अधिकारीले बाढी, पहिरो र भु-क्षय जस्ता घटनाहरुबाट बच्ने उपाय सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम गरेको गिरीले तेमाल अनलाइनलाई जानकारी दिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला