बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दाेषी ठहर गरेकाे हाे ।

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग लिएकाे घूस रकम १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ । विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि असार ३१ गते पेसी तोकेको हो। वादे स्थानीय तह निर्वाचन–२०७९ मा नेपाली काँग्रेस पार्टीकाे तर्फबाट निर्वाचित भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।