तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८१/णडई काे लागि सबै वडाहरुमा सडक हेरालु राख्ने भएकाे छ । गतवर्षदेखि सडक हेरालु राख्न थालेकाे गाउँपालिकाले याे वर्ष पनि निरन्तरता दिएकाे गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।
गत आ.व. मा बर्षादको समय (श्रावन र भाद्र महिना) मा सडक हेरालु राख्दा यातायातको साधन सञ्चालन गर्न सहज भएको साथै सडकको अवस्था राम्रो रहेकोले यस बर्ष पनि सडक हेरालु राख्न लागेकाे गाउँपालिका अध्यक्ष तामाङले बताए ।
यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गरी करार नियुक्ति गर्न आवेदन माग गरेकाे छ । आज एक सुचना जारी गर्दै साे माग गरेकाे हाे ।
यस्ताे छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























