नमाेबुद्ध– काभ्रे जिल्लाकाे नमाेबुद्ध नगरपालिका वडा नं. ५, बाहरेली जंगलमा एकजना पुरुषकाे कंगाल भेटिएकाे छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीका अनुसार कंगाल बुधबार दिउँसाे ४ बजे भेटीएकाे थियाे ।

ढुङगाको ओढारमा भेटिएकाे साे कंगाल नमाेबुद्ध–४ निवासी बर्ष ५० को खडग बहादुर श्रेष्ठ रहेको पुष्टि भएकाे इन्स्पेक्टर गिरीले तेमाल अनलाइनलाई जानकारी दिए ।

अनुसन्धान पश्चात श्रेष्ठ २०८० साल भदौ महिना देखि सम्पर्क बिहिन भएकाे खुलेकाे गिरीले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।