मण्डनदेउपुर– काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिलकाका नगरप्रमुख टोक बहादुर वाईबा ले वडा नम्बर ९ को रानीटार आधारभूत स्वास्थ्य केन्द्रबाट पोषण सामग्री वितरण सुरु गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी पोषण सामग्री वितरण थालिएको हो ।
सुत्केरी तथा कर्णधार पोषण कार्यक्रम अन्तर्गत पोषण साम्रगी वितरण गरिएको नगरपालिकाले जनाएकाे छ । नगरपालिकाको १२ वटै वडामा यो पोषण सामग्री वितरण गरिनेछ ।
साे अवसरमा चना १ किलो, आधा किलो राजमा र आधा माना घ्यू वितरण गरिएको छ । चालु आर्थिक वर्षभित्र सुत्केरी भएका र नगरपालिकाभित्रै बसोबास गर्ने सुत्केरी आमाहरुलाई लक्षित गरेर पोषण सामग्री वितरण गरिएको नगर प्रमुख वाइबाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























