राेशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालिका वडा नं. ९ मा रहेकाे इलाका प्रहरी कार्यालय, मंगलटारले आफ्नाे सक्रियता बढाएकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्णा गिरीले विपदमा उद्धार देखि अपराध नियन्त्रणमा आफ्नाे सक्रियता बढाएका हुन् ।

बुद्धचित्त माला नियन्त्रणमा

यसैबीच शुक्रबार इलाका प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी सहितको संयुक्त सरप्राईज चेकिङ टोलीले सवारी चेकजाँच गर्ने क्रममा अबैध रुपमा कर छलि गरी लैजाँदै गरेको बुद्धचित्त माला नियन्त्रणमा लिएकाे छ । इन्स्पेक्टर गिरीका अनुसार साे सामाग्री नियन्त्रणमा लिई आवश्यव कारवाहिको लागि सम्बन्धित स्थानिय तहमा पठाइएको छ ।

हराएको मोबाइल फेला

त्यस्तै हराएको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरीले जनाएकाे छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ०५ वस्ने माझी भुजेलको छोरा वर्ष १७ को सरुप भुजेलको मोवाइल मिति २०८०।१२।१२ गते हराएको भनि प्रहरी कार्यालयमा निवेदन दिएकाे थियाे ।  प्रहरीले खोज तलास गर्ने क्रममा यहि मिति २०८१।०३।२८ गते फेला परेकोमा उक्त मोबाइल सम्बन्धित मोवाइल धनिलाई हस्तान्तरण गरिएको गिरीले तेमाल अनलाइनलाई जानकारी दिए ।

बेवारिसे व्यक्तिको उद्दार

इलाका प्रहरी कार्यालयय, मंगलटारले बेवारिसे व्यक्तिकाे उद्दार गरेकाे छ । नमोबुद्द नगरपालिका – ७, भकुण्डेबेसि स्थित सडक खण्डमा एकिन नाम थर, वतन नखुलेको (मनोरोग सम्बन्धि समस्या भएको जस्तो देखीने ) बर्ष अं. २२/२३ को महिलालाई बेबारिसे अवस्थामा फेला पारी स्थानिय तहहरुसँगको समन्वयमा उद्धार गरिएकाे इन्स्पेक्टर गिरीले जानकारी दिए । उनका अनुसार उद्धार पछि संरक्षणकाे लागि मानव कल्याण समाज (सेवा घर) धुलिखेलमा पठाईएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।